Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

आइपीएलको उपाधि मुम्बईलाई, एक रनले पुने पराजित

Monday, May 22, 2017 National Power

८, जेठ   –   इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ। हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले पराजित गर्दै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो।

उत्कृष्ट बलिङ गर्दै मुम्बईले १ सय २९ रनको पनि रक्षा गर्‍यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर दुई विकेट लिए। अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो। तर उसले ९ रन मात्रै जोड्न सक्यो र १ सय २८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन्।

मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले क्रुनाल पाण्डेको ४७ रन मद्दतमा १ सय ४७ रन बनाएको थियो।