Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

“हारकाे पिडामा एमालेकाे याेजनाबद्ध सांघातिक हमला” – घाइते भट्ट

Sunday, May 21, 2017 National Power

हमलामा परी गम्भिर घाइते भएका नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य नरेन्द्र भट्ट

७ जेठ, काठमाडाैँ – धादिङ्गकाे ज्वालामुखी गाउँपालिका गएराती भएकाे एमालेले गरेकाे सांघातिक हमलामा गम्भिर घाइते भएकाहरूकाे अहिले काठमाडाैँकाे ग्रिनसिटी अस्पतालमा उपचार भइरहेकाे छ । विजय जुलुस मानाएर फर्कने क्रममा एमालेका कार्यकर्ताहरूले ज्वालामुखी गाउँपालिका अन्तर्गत मैदीकाे उखुबारीमा सांघातिक हमला गरेकाे घाइते नरेन्द्र भट्टले बताए ।

एमालेकाे सांघातिक हमलामा परी घाइते भएका दामाेदर भट्ट

उक्त हमलामा गम्भिर घाइते भएका नरेन्द्र भट्ट र दामाेदर भट्टकाे काठमाडाैँकाे ग्रिनसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

गम्भिर घाइते भइ ग्रिनसिटी अस्पतालमा उपचाररत भट्टले नेसनल पावरन्युजसंग सामान्य कुराकानी गर्दै विजय जुलुस मनाएर बेलुका खाना खाने क्रममा विजय जुलुसबाटै फर्किएका एमाले कार्यकर्ताहरूले नेपाली काँग्रेसले बनाएकाे चुनावी प्रचार प्रसारकाे गेट भत्काउन थालेपछि काँग्रेस कार्यकर्ताहरूले सामान्य हाेहल्ला गरेकाे बताए । त्यसैलाइ निहु बनाएर एमाले कार्यकर्ताहरूले अाफ्नाे ससुरालीमा खाना खान लागेका नव निर्वाचित विनाेद तिमल्सिना लगाएत काँग्रेस कार्यकर्ताहरू माथि खुकुरी, खुँडा, चिर्पट, ढु्ङ्गा लगाएतका हतियारले अाक्रमण गरेकाे बताए । करिब १५–१६ जनाकाे संख्यामा रहेका काँग्रेस कार्यकर्तारूमाथि ३ वटा ट्रकमा अाएका एमाले कार्यकर्ताहरूले अाक्रमण गरेकाे बताए ।

एमालेले अाफ्नाे गढ मान्ने गरेकाे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेद्वारले प्रमुखमा जितेपछि एमालेलाइ सह्य नभएकाेले याेजनाबद्ध रूपमा अाक्रमण गरेकाे भट्टले बताए ।