Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भुम्लु गाउँपालिकामा विकासप्रेमी नेता कुँवरको नेतृत्व

Sunday, May 21, 2017 National Power

काभ्रे कोशीपारी क्षेत्रमा विकास प्रेमी नेताका रुपमा चिनिएको नाम हो गुमानध्वज कुवँर ।

तत्कालिन चौबिस गा.वि.स.को स्थानीय बासिन्दा र सोही गा.वि.स.का अध्यक्ष समेत रहेका कुँवरले चौबिस गा.वि.स.लाई कोशीपारी क्षेत्रकै उत्कृष्ट गा.वि.स.को रुपमा विकसित गराएका छन् । यसैले पनि कोशीपारी क्षेत्रमा गुमानध्वज कुँवरले लोकप्रिय नेताका रुपमा आफ्नो छवी बनाएका छन् ।

पछिल्लो समय देशमा भएको राजनिति विकासक्रम संगै २०औ वर्षसम्म रोकिएर बसेको स्थानीय चुनावमा जनप्रतिनिधी र जनताहरुको उत्साहको साथ उल्लासमय, सहभागिता रहेको थियो । सोही अनुरुप कोशीपारी पनि चुनावबाट अछुतो रहने त कुरै भएन , त्यहाँ पनि गाउँपालिका नेतृत्व कस्ले लिने भन्नेमा चुनावी प्रतिस्पधा सुरु भयो , गाउँ पुरै चुनावमयी भएको थियो ।

गाउँपालिकाको नेतृत्वको लागि एमालेबाट गुमानध्वज कुँवर गाउँपालिका प्रमुख तथा कल्पना श्रेष्ठले उपप्रमुखमा उमेदवारी दिए । त्यसै गरी नेपाली कांग्रेसबाट तस्वीर लामा तथा शान्ति क्षेत्री क्रमशः अध्यक्ष र उपाध्यक्षमा उमेदवारी दिएका थिए ।त्यसै गरी माओवादी केन्द्रका तर्फबाट नकुल पराजुली अध्यक्ष तथा अनिता गुरुङले उपाध्यक्षमा उमेदवारी दिएका थिए भने राप्रपा तर्फबाट नारायणदास उप्रेती तथा लिलादेवी खड्काले क्रमशःअध्यक्ष तथा उपाध्यक्षमा उमेदवारी दिएका थिए ।

प्रमुख ४ पार्टीको निक्कै नै प्रतिस्प्रर्धा रहेको भुम्लु गाउँपालिकामा अन्तःत नेकपा एमालेका गुमानध्वज कुवँरले नेपाली कांग्रेसका तस्वीर लामालाई पछाडी पार्दै गाउँपालिकाको नेतृत्व आफ्नो काँधमा पारेका छन । उनको साथमा एमालेकै कल्पना श्रेष्ठले पनि भुम्लु गाउँपालिकाबाट विजयको ताज पहिरिन सफल भएकी छिन् ।


त्यस्तै वडाहरुमा :
वडा नं –१ माओवादी केन्द्र
वडा नं –२ एमाले
वडा नं –३ स्वतन्त्र
वडा नं –४ एमाले
वडा नं –५ कांग्रेस
वडा नं –६ एमाले
वडा नं –७ एमाले
वडा नं –८ एमाले
वडा नं –९ कांग्रेस
वडा नं –१० कांग्रेस ले जित हात पारेका छन् ।

समावेश भएका साविक गा.वि.स.हरुमा– सापिङ्ग, सिम्थली, बेखसिम्ले घर्तीगाउँ, चौबास, सल्ले भुम्लु, कोलाती भुम्लु, फलाँटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी मण्डन लगायतका गाविसहरु जोडिएर भुम्लु गाउँपालिकाको आकारमा परिणत भएको हो ।


 १९ वर्ग किलोमिटरमा फैलिएको भुल्मु गाउपालिकामा कुल १८९१६ जनसंख्या रहेको छ ।

कुँवर नेतृत्वको स्थानीय सरकारले अब गाउँको विकासको लागि विशेष जोड दिनुपर्ने देखिन्छ जसमा सडकको स्तरोन्नती, बिजुली विस्तार, सडक विस्तार,स्वास्थ्य, कोलाँती र फँलाटे लगायतका वडाहरुमा खानेपानीको व्यवस्था, युवाहरुलाई रोजगारको व्यवस्था कृषिमा आधुनिकीकरण र बजारीकरण लगायतका कार्यहरुमा लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ र यो कामको लागि गाउँपालिका प्रमुख गुमानज्वज कुँवर तथा उनको टिम सफल रहनेमा विश्वस्त रहेको स्थानीय बासिन्दाहरु बताउछन ।

हामी पनि गुमानध्वज र उनको टिमलाई हार्दिक बधाई दिन चाहन्छौ ।

–माधव खरेल