Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

कालिकोटको नरहरिनाथ गापाका ६ मा आज मतदान

Sunday, May 21, 2017 National Power

७ जेठ, कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिका ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको छ।

वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो। उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ।

८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे १२ बजेसम्म ५ सय मत खसेको छ।