Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चितवनको रत्ननगर नगरपालिकामा एमाले विजयी

Sunday, May 21, 2017 National Power

७ जेठ, चितवन – चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी भएका छन । उनले १४ हजार ६ सय ८० मत ल्याएर विजयी भएका हुन ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सउ ५७ मत ल्याए।
रत्ननगर नगरपालिकाको उपमेयरमा एमालेकै बिमला दुवाडी १४ हजार ४ सय ८१ मतसहित विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निता ढकालले १२ हजार ६ सय ९३ मत ल्याए।
१६ वडा भएको रत्ननगरमा १० वटा वडामा एमाले र ६ वटामा कांग्रेसले जितेको छ ।