Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चाँगुनारायण नपामा विवादका कारण मतगणना रोकिएपछि सर्वपक्षिय बैठक सुरु

Sunday, May 21, 2017 National Power

७ जेठ, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिए पछि पुनः मतगणना सुरु गर्ने विषयमा सहमति गर्न सर्वपक्षिय बैठक सुरु भएको छ । शनिबार विहान चाँगुनारायण नगरपालिका वडा नं. ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को नर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरि मतगणना स्थलमा शिलबन्दी गरिएको छ ।

चाँगुनारायण नगरपालिकाका वडा नं. ३ को अन्तिम मत परिणाम सार्वजनिक गरेको केहीबेरमा वडा नं. ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको भन्दै एमाले बाहेकका अन्य दलले बिरोध गरेपछि मतगणना समेत रोकिएको हो ।

दिउँसो पटक–पटक मतगणना सुचारु गर्ने बारेमा दलहरुबीच भएको छलफल टुङ्गोमा नपुगेपछि साँझ मतगणना स्थलमा शिलबन्दी गरि मतपत्र सुरक्षित राखिएको छ ।
शुक्रबार साँझ नै मेयरका उम्मेदवारहरु नेपाली काँग्रेसका राजाराम खड्का, नेमकिपाका न्हुच्छेभक्त फोजू, राप्रपाका रबिन्द्रप्रताप शाह, माओवादी केन्द्रका होमनाथ लामिछाने र नयाँ शक्तिका कान्छा तामाङले संयुक्त विज्ञप्ती जारी गर्दै चाँगुनारायण नगरपालिका वडा नं.१, २, ३ र ४ को पुनः मतगणना गर्नुपर्ने माग गरेको छ ।
मतगणनामा सहभागी कर्मचारीहरुले नेपाली काँग्रेसका मेयरका उम्मेदवारले प्राप्त गरेको १८४ मत एमालेका मेयरको उम्मेदवारको नाममा हालेको, नेमकिपाका मेयरले प्राप्त गरेको ११५ मतलाई बदर मतमा गणना गरेको, निर्वाचन निर्देशिकाले तोकेको अनुसूची तथा फारामको प्रयोग नगरेकाले परिणाम प्राप्त भएका मतमा समेत विश्वास नभएकाले पुनः मतगणना गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।