Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नवनिर्वाचित गापा अध्यक्ष सहित ७ जना माथि एमालेकाे सांघातिक हमला

Sunday, May 21, 2017 National Power

७ जेठ, धादिङ्ग – ज्वालामखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनाेद तिमल्सिना लगाएत नपाली काँग्रेसका कार्यकर्ताहरू माथि नेकपा एमालले गएराती सांघातिक हमला गरेकाे छ । हमालामा तिमल्सिना सहित ७ जना घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भिर रहेकाे नेपाली काँग्रेस धादिङ्गले जनाएकाे छ ।

अध्यक्षमा निर्वाचित भएपछि अायाेजना गरिएकाे विजय जुलुसमा सहभागी भएर फर्किने क्रममा मैदीमा विजुलीकाे ट्रान्सफर्मर बन्द गरी अाक्रमण गरेकाे काँग्रेसले जनाएकाे छ । अाक्रमणमा परी गम्भिर घाइते भएका नरेन्द्र भट्ट र दामाेदर भट्टकाे अवस्था गम्भिर रहेकाे र उनीहरूकाे काठमाडाैँमा उपचार भइरहेकाे छ ।

ज्वालामुखी गाउँपालिकाकाे अध्यक्षमा तिमल्सिनाले एमालेका उम्मेद्वार रामप्रसाद अधिकारीलाइ २४ मतले पराजित गरेका थिए ।