Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भक्तपुर सुर्यविनायक नपाका मेयर उपमेयरमा एमाले विजयी मध्यपुरथिमि नपा ६ मा वडा अध्यक्षसहित सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Sunday, May 21, 2017 National Power

७ जेठ, भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमाले कै जुना बस्नेत विजयी भएका छन ।

आज विहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङ्गले सार्वजनिक गरेको मतपरिणाम अनुसार मेयरमा एमालेका थापाले १२ हजार ८ हजार ८६ मत र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत ल्याएर विजयी भएका हुन ।
नगरप्रमुखमा थापाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत र उपप्रमुखमा कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९ सय २ मत प्राप्त गरेका थिए।
त्यसैगरि सुर्यविनायक नगरपालिका वडा नं.१० को वडा अध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी भएका छन । राउतले एक हजार २० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाल मजदूर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गरेका थिए।

त्यसैगरि एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरी कार्की विजयी भए ।

सूर्यविनायक नगरपालिकामा कूल १० वटा वडा रहेकोमा ७ वटा वडा नेकपा एमालेले प्यानल सहित विजयी हासिल गरेको छ भने ३ वटा वडामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।
यता मध्यपुरथिमि नगरपालिका वडा नं. ६ को वडा अध्यक्षसहित सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर प्रजापति श्रेष्ठले १ हजार २ सय १० मत प्राप्त गरेका छन भने उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेका दिलृकृष्ण खाँस प्रजापतिले ५ सय ७४ मत प्राप्त गरेका छन ।
नेपाली कांग्रेसकै महिला सदस्य अरुण कारंजित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भएका छन ।

त्यसैगरि यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ ९ हजार ८७० मतले अग्रस्थानमा रहेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अष्ट कवेँ ८ हजार ५ मतले पछाडि परेका छन ।

त्यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी अञ्जना मधिकर्मी ७ हजार ९९५ मतले अग्रस्थानमा छन भने उनका निकटतम प्रतिद्वन्द्वी केदार खड्का ५ हजार ३३४ मतले पछाडि छन । मध्यपुरथिमिको वडा नं. ७ को मत गणना जारी रहेको छ ।