Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सप्तरीको इलाका प्रशासन कार्यालयमा कुकर बम बिष्फोट

Saturday, May 20, 2017 National Power

६ जेठ, सप्तरी – जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ । गए राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन ।

गए राति १२ बजेतिर कार्यालयको भुइँतल्लामा बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोटका कारण बाहिर राखिएको एउटा शोकेस फुटेको छ । यसबाहेक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयकका एसपी अनुराग द्विवेदीले बताए ।

यसैबीच बिष्फोटको जिम्मेबारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले लिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै बिष्फोटको जिम्मा लिएका हुन् ।