Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

धादिङ नीलकण्ठ नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

Saturday, May 20, 2017 National Power

६ जेठ, धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

शनिबार बिहान आएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गानाले १३ हजार १ सय ६६ मत प्राप्त गरि मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन श्रेष्ठले ६ हजार ६ सय २८ मत पाए ।

यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार ३ सय २५ मत प्रप्तगरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगादेबी श्रेष्ठले ६ हजार ९ सय ८५ मत पाए ।

३३ हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार ३ सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मतपरिणम अनुसार नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले ६ वडा, एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले ४ वडामा विजय हासिल गरेको छ ।