Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भक्तपुर नगरपालिकाको मेयरमा १९ हजार बढी मतले नेमकिपा विजयी

Saturday, May 20, 2017 National Power

६ जेठ, भक्तपुर – भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन ।

गए राति सार्वजनिक भएको मतपरिणाम अनुसार २५ हजार ५ सय ६८ मत प्राप्त गर्दै सुनिल प्रजापति मेयरमा विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५ सय ३२ र एमालेका विष्णु सुवालले ४ हजार २ सय १० मत प्राप्त गरे । त्यसैगरि उपप्रमुख तर्फ नेमकिपा कै उम्मेदवार रजनी जोशीले २५ हजार ६ सय ५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरेकी छिन ।

जोशीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार गंगालक्ष्मी अवालले ६ हजार ५ सय ६० मत र एमालेकी उम्मेदवार कृष्णमाया त्वायनावासुले ६ हजार ५ सय ८७ मत प्राप्त गरेका थिए । विगतमा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव, सांसद हुदै प्रजापति अहिले भक्तपुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका छन । ख्पव ईन्जिनियरिङ्ग कलेजको उपप्राचार्य पदबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख भए ।

त्यसैगरि भक्तपुर नगरपालिकाको वडा नं.१० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखाले २ हजार ११३ मत प्राप्त गरि विजयी भएकी हुन । उनकोका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र नेकपा एमालेका पूण्यराम घटुवले ३५० मत प्राप्त गरेका थिए ।
भक्तपुर नगरपालिकामा १० वटै वडामा नेपाल मजदूर किसान पार्टीले विजयी हासिल गरेको छ । कूल ५२ हजार ९३० मतदाता संख्या रहेको यस नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।