Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

धादिङ्गकाे निलकण्ठ नपाकाे प्रमुखमा काँग्रेसका भिम प्र. ढुङ्गाना भारी मतले विजयी

Saturday, May 20, 2017 National Power

६ जेठ, धादिङ्ग – जिल्लाकै सबैभन्दा महत्वपूर्ण मानिएकाे स्थानीय तह निलकण्ठ नगरपालिकाकाे प्रमुखमा नेपाली काँग्रेसका भिम प्रसाद ढुङ्गाना भारी मतले विजयी भएका छन् । भने उपप्रमुखमा माअाेवादी केन्द्रका मनराज भण्डारी विजयी भएका छन् ।

अाज विहान सकिएकाे मतगणना अनुसार ढुङ्गानाले १३१६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अर्जुन कुमार श्रेष्ठले ६६९० मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा माअाेवादी केन्द्रका मनराज भण्डारीले १०३२३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गंगादेवी श्रेष्ठले ७४४४ मत प्राप्त गरेकी छिन् ।