Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

धादिङ्गकाे निलकण्ठ नपाकाे प्रमुखमा काँग्रेसका भिम प्र. ढुङ्गाना भारी मतले विजयी

Saturday, May 20, 2017 National Power

६ जेठ, धादिङ्ग – जिल्लाकै सबैभन्दा महत्वपूर्ण मानिएकाे स्थानीय तह निलकण्ठ नगरपालिकाकाे प्रमुखमा नेपाली काँग्रेसका भिम प्रसाद ढुङ्गाना भारी मतले विजयी भएका छन् । भने उपप्रमुखमा माअाेवादी केन्द्रका मनराज भण्डारी विजयी भएका छन् ।

अाज विहान सकिएकाे मतगणना अनुसार ढुङ्गानाले १३१६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अर्जुन कुमार श्रेष्ठले ६६९० मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा माअाेवादी केन्द्रका मनराज भण्डारीले १०३२३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गंगादेवी श्रेष्ठले ७४४४ मत प्राप्त गरेकी छिन् ।