Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बल्ब खरिदका लागि सर्वोच्चले बाटो छेकेन

Friday, May 19, 2017 National Power

५ जेठ, काठमाडौ – एलइडी बल्ब खरिद पक्रिया स्थगनको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्ण सुनाएको छ । अधिवक्ताहरु नारायण चौलागाई र लेखनाथ भट्टराईले सरकारले खरिद विपरित भारतबाट एलइडी बल्ब खरिद गर्न लागेको भन्दै त्यस विरुद्ध अन्तरिम आदेशको लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर शुक्रबार दिउँसो प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिष आनन्द मोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको हो । तर सर्वोच्चले यस विषयमा सरकारसंग कारण देखाउ आदेश भने जारी गरेको छ । यसको अन्तिम सुनुवाइ भने आगामी अर्को शुक्रवार हुने बताइएको छ ।