Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

बल्ब खरिदका लागि सर्वोच्चले बाटो छेकेन

Friday, May 19, 2017 National Power

५ जेठ, काठमाडौ – एलइडी बल्ब खरिद पक्रिया स्थगनको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्ण सुनाएको छ । अधिवक्ताहरु नारायण चौलागाई र लेखनाथ भट्टराईले सरकारले खरिद विपरित भारतबाट एलइडी बल्ब खरिद गर्न लागेको भन्दै त्यस विरुद्ध अन्तरिम आदेशको लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर शुक्रबार दिउँसो प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिष आनन्द मोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको हो । तर सर्वोच्चले यस विषयमा सरकारसंग कारण देखाउ आदेश भने जारी गरेको छ । यसको अन्तिम सुनुवाइ भने आगामी अर्को शुक्रवार हुने बताइएको छ ।