Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भरतपुरमा गोली चल्यो

Friday, May 19, 2017 National Power

५ जेठ, चितवन – भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ ।

एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उनकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरुलाई कुटपिट गरी घरमा रहेको रु १ लाख ५० हजार, दुई थान सिक्री, एक थान औंठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको प्रहरीले बताएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका तीनजना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको प्रहरीले बताएको छ । घटनालगत्तै प्रहरी नेतृत्वको टोलीले अनुसन्धान थालेको र हेटौँडाबाट कुकुरसहितको अनुसन्धान टोली आउँदै गरेको प्रहरीले बताए ।