Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

उन्नाइस घन्टापछि खैरहनीमा मतगणना सुरु

Friday, May 19, 2017 National Power

५ जेठ, चितवन – पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना आज बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए ।

मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो ।

बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि आज बिहान भएको छलफलले यस्तो सहमति गरेको उनको भनाइ छ । मुचुल्का भन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमा खैरहनी वडा नं.७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ । वडा नं.७ को मतगणनाका क्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएपछि काँग्रेसले पुनःमतगणनाको माग गरेको थियो । तर मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएको कार्यालयले जनाएको छ ।

मुचुल्कामा गल्ती भएको निरौलाले बताए । अर्धकट्टी मिलेपछि त्यसैलाई आधार मानेर गणना गरिने उनको भनाइ छ । अहिलेसम्म भएको गणनामा खैरहनीमा ६ वटा वडामध्ये दुई वटा एमालेले जितेको र तीनवटा काँग्रेसले जितेको छ ।

खैरहनीमा पछिल्लो मतपरिणामअनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने काँग्रेसको चार हजार २०२ र (माओवादी केन्द्र)को दुई हजार ८५ छ । यस्तै उपप्रमुखमा एमालेको चार हजार ३९३, काँग्रेसको चार हजार ४१८ माओवादी केन्द्रको एक हजार ७५८ मत रहेको छ ।