Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मत परिणामप्रति असन्तुष्टी जनाउँदै  कांग्रेस सभापतिले दिए राजीनामा 

Friday, May 19, 2017 National Power

५ जेठ, कास्की – निर्वाचन मत परिणामका कारण मत परिणामप्रति असन्तुष्टी जनाउँदै पोखरा कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका छन । पार्टीभित्र अन्तरघात भएको कारण कांग्रेसका गढ मानिएका वडाबाट पनि अपेक्षित मत नआएको कारण यस्तो मत परिणाम आएको उनको भनाई छ ।

निराशाजनक परिणामप्रति आफु पनि जिम्मेवार रहेको महशुसका साथ राजीनामा गरेको उनले राजीनामा पत्रमा लेखेका छन । पोखरा लेखनाथ महानगरपालिकाको अहिले १२ वटा वडाको मत गनिएको छ । ती मध्ये २,३,४,८,९, १०,११ र १२ काँग्रेसका गढ मानिन्छ । यी सबै वडा पोखरा मुख्य बजार क्षेत्रमा पर्दछन् । तर ती मध्ये धेरै वडामा नेपाली काँग्रसका मेयर पदका उमेद्वारलाई भन्दा एमालेका उमेद्वारलाई बढी मत आएको छ ।

नगरसभापति श्रेष्ठले विज्ञप्तिमा कांग्रेसका इमान्दार र कर्मठ सदस्यको सहयोगका वावाजुद यो मत आएको बताउँदै निराशानजक मत परिणामकालागि अधिकांश केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्य समिति तथा क्षेत्रीय समितिका सभापतिलगायतलाई संवेदनशील र जिम्वेवार हुन आग्रह गरेका छन ।

यसले सांगठनिक र सामाजिक नैतिकताको आधारमा कांग्रेस बिरुद्धको अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिंदै कांग्रेसलाई पुनर्निर्माण, पुनर्संरचना, पुनर्गठनका लागि मार्ग प्रशस्त गरिदिन अनुरोध पनि गरेका छन ।