५ जेठ, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा एमालेका भीम न्यौपाने विजयी भएका छन । उनले १२ हजार २ सय ५६ मत ल्याएर जितेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विदुर बञ्जाराले ९ हजार १ सय ९० मत पाएका थिए । यस्तै नगरपालिकाको उपप्रमुख एमालेका गिता बन्जाराले १२ हजार ९९ मतका साथ जितेका छन । उनका प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत पाए।