५ जेठ, भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेद्वार मदनसुन्दर श्रेष्ठ ६२८५ मत सहित अगाडि छन् । उनलाई कांग्रेसका मेयरका उम्मेद्वार अष्ट कुमार कवेले ४९७६ मत सहित पछ्याईरहेका छन ।
उपमेयरमा भने कांग्रेसका उम्मेद्वार अञ्जना देवी मधिकर्मी ५२८० मत सहित अगाडि छन । नेपाल मजदुर किसान पार्टीका केदार खड्का ३३४६ मत सहित उनलाई पछ्याईरहेका छन ।