Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

बनेपाको प्रमुख/उपप्रमुखमा र काठमाडौं–२ मा एमालेको प्यानल विजयी

Friday, May 19, 2017 National Power

५ जेठ, काभ्रे/काठमाण्डौँ – बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका लक्ष्मीनरसिंह बादे ११ हजार ४०९ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामराज जोशीले ९ हजार ६ सय ५९ मत प्राप्त गरे। एमालेकी रेखा सापकोटा दाहाल ११ हजार २ मत ल्याई उपप्रमुख विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ९ हजार ९ सय ६० मत प्राप्त गरिन्।

यता काठमाडौं महानगरपालिकाको वडा नं.२ एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल विजयी भएको छ। श्रेष्ठ एक हजार ८४० मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत पाए। यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी भएका छन्। महानगरपालिकाको वडा नं.२ मा तीन हजार ४५१ मत खसेको थियो।