Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

Friday, May 19, 2017 National Power

५ जेठ, धनगढी  – यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।

यसै क्रममा बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने/नहुने अवस्थालगायत विषयमा प्रकाश पारेको थियो । सहभागीलाई महेश दाहालले प्रशिक्षण दिइरहेका छन ।

यसैबीच, दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फवाट स्थानीय तहमा उठाउने उम्मेदवारका टुङ्गो वैशाखमा नै लगाइसकेको छ ।

यस्तै, नेकपा (एमाले)ले कैलालीको धनगढी उपमहानगरबाहेकका स्थानीय तहमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेस, राप्रपालगायत अन्य दलले अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् ।

आगामी केही दिनभित्र उम्मेदवारको टुङ्गो लगाउने गरी तयारी गरिएको काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । निर्वाचनको तयारीका क्रममा विभिन्न दलका नेता तथा कार्याकर्ताले आफ्नो पक्षमा माहोल बनाउन चुनावी सभा तथा भेला गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन पहिलो चरणमा तीनवटा प्रदेशमा वैशाख ३१ गते सम्पन्न भएकोमा आगामी जेठ ३१ गते बाँकि चारवटा प्रदेशमा हुन लागेको छ ।