Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हावाहुरीका कारण १७ जना घाइते,४०० भन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट

Friday, May 19, 2017 National Power

५ जेठ, झापा – बनियानीमा गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ ।

२५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जिल्ला कृषि कार्यालय झापाले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको बताए ।

हावाहुरी प्रभावित क्षेत्रका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा सशस्त्र प्रहरी बल बैगुनधुराले १६० थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिए।

हावाहुरीले गौरादह, शिवसताक्षी, कमल गाउँपालिका र गौरीगन्जका करिब २०० वटा घरमा पूर्णरूपमा र करिब ३०० घरमा आंशिक क्षति भएको उनले बताए । हावाहुरीका कारण १७ जना घाइतेसमेत भएका थिए ।