Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

हावाहुरीका कारण १७ जना घाइते,४०० भन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट

Friday, May 19, 2017 National Power

५ जेठ, झापा – बनियानीमा गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ ।

२५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जिल्ला कृषि कार्यालय झापाले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको बताए ।

हावाहुरी प्रभावित क्षेत्रका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा सशस्त्र प्रहरी बल बैगुनधुराले १६० थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिए।

हावाहुरीले गौरादह, शिवसताक्षी, कमल गाउँपालिका र गौरीगन्जका करिब २०० वटा घरमा पूर्णरूपमा र करिब ३०० घरमा आंशिक क्षति भएको उनले बताए । हावाहुरीका कारण १७ जना घाइतेसमेत भएका थिए ।