Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

नवलपरासीको कावासोतीमा एमालेको जित,मकवानपुरको राक्सिराङमा कांग्रेसको जित

Friday, May 19, 2017 National Power

५ जेठ, नवलपरासी/मकवानपुर – नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमालले जितेको छ । कावासोती नगरपालिकाको मेयरमा एमालेकी चन्द्रा पुन १३ हजार ४१ मत ल्याएर विजयी भएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र पोखरेललाई ४४७ मतले हराइन् ।उनका प्रतिद्वन्द्वी पोखरेलले १२४९५ मत पाए ।

त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेका प्रेम शंकर थारु विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका खगिसरा गुरुङलाई झण्डै २१ सय मतले पराजित गरे । थारुले १३ हजार ४९५ मत ल्याएर उपमेयरमा विजयी भएका हुन् ।

उता मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार मल्लले ३५३९ मत ल्याएर विजयी भएका छन । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापालाई ५९५ मतले हराए । थापाले २९४४ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी निर्मला हिमडुङले जीतका लागि ३५३५ मत ल्याइन् । उनले आफ्नी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङलाई ५८५ मतले पराजित गरिन् । हिमडुङ २९५० मत ल्याएर उपमेयरमा विजयी भएकी हुन् ।