Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

शिक्षकसँग घुस लिंदै गरेका चारजना पक्राउ

Thursday, May 18, 2017 National Power

४ जेठ, सर्लाही – सर्लाहीबाट शिक्षकसँग चार लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा आज बिहान चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहान घुस लिंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला शिक्षा कार्यालय सर्लाहीका उप जिशिअ रामहरि रिजाल र वासुदेव तिमल्सिना तथा जनज्योति उच्चमावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने घुस सहित पक्राउ परेका अख्तियार टोलीले जनाएको छ ।