Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कालिकोटका पाँच स्थानीय तहमा माओवादी केन्द्र विजयी

Thursday, May 18, 2017 National Power

४ जेठ, काठमाडौं – कालिकोटका ७ स्थानीय तहमध्ये पाँचवटामा माओवादी केन्द्र विजयी भएको छ । एउटामा एमाले विजयी भएको छ भने एउटा स्थानीय तहमा मतगणना जारी छ ।

रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, पंचाल झरना गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ । माओवादीले प्रमुख र उपप्रमुख सहित अधिकांश वडाहरु जितेको छ ।

रासकोट नगरपालिकाको प्रमुखमा काशिचन्द्र बराल र उपप्रमुखमा मिमसरा बम तथा तिलागुफा नगरपालिकाको प्रमुखमा रतनबहादुर शाही र उपप्रमुखमा दर्शना नेपाली विजयी भएकी छन् ।

यसैगरी सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर शाही र उपाध्यक्षमा होइजाली बुढा, पंचाल झरना गाउँपालिका प्रमुखमा खड्क सेजुवाल र उपप्रमुखमा तारा न्यौपाने तथा पलाता गाउँपालिका अध्यक्षमा लक्ष्मण बम र उपाध्यक्षमा दाना न्यौपाने विजयी भएका छन् ।

कालिकोटको खाडाचक्र गाउँपालिकामा एमाले विजयी भएको छ भने महाबै गाउँपालिकामा मतगणना जारी छ ।