Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

बाग्लुङको बडीगाडमा र मकवानपुरको भीमफेदीमा एमालेका उम्मेदवार विजयी

Thursday, May 18, 2017 National Power

४ जेठ, बाग्लुङ/मकवानपुर – बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवारले जितेका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।पाइजाले ४९२१ र श्रीषले ४२९१ मत पाएका छन् ।

पाइजाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गण्डकी थापाले ४३२९ मत पाइन् भने उपप्रमुखमा माओवादीका राजीव घिमिरेले २०५९ मत ल्याए ।
नगरपालिका प्रमुखमा पराजित राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १२५८ र उपमेयरमा पराजित रुनमाया थापाले १२९१ मत ल्याइन् ।
उता मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन् । रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए ।

भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३८०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३४३५ मत ल्याएको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले  जानकारी दिए । राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।