Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बाग्लुङको बडीगाडमा र मकवानपुरको भीमफेदीमा एमालेका उम्मेदवार विजयी

Thursday, May 18, 2017 National Power

४ जेठ, बाग्लुङ/मकवानपुर – बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवारले जितेका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।पाइजाले ४९२१ र श्रीषले ४२९१ मत पाएका छन् ।

पाइजाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गण्डकी थापाले ४३२९ मत पाइन् भने उपप्रमुखमा माओवादीका राजीव घिमिरेले २०५९ मत ल्याए ।
नगरपालिका प्रमुखमा पराजित राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १२५८ र उपमेयरमा पराजित रुनमाया थापाले १२९१ मत ल्याइन् ।
उता मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन् । रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए ।

भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३८०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३४३५ मत ल्याएको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले  जानकारी दिए । राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।