Sunday 7th March 2021

    मिस्टर एन्ड मिस रौनियारको प्रतियोगीको ट्यालेन्ट शो    धुलिखेल नगरपालिका ९ मा नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न    प्रधानमन्त्रीको दौडमा प्रकाशमानको इन्ट्रि    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव    दुई वर्षपछि सार्वजनिक भए विप्लव

पुने फाइनलमा

Wednesday, May 17, 2017 National Power


३ जेठ, काठमाडौँ – आइपिएल अन्तर्गत गएराती भएको खेलमा लिग लिडर मुम्बाइलाइ २० रनले पराजित गर्दै स्टिव स्मिथको पुने सुपरजाइन्टस् फाइनलमा पुगेको छ ।
मुम्बाइको वाखंडे मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । खराब सुरुवात गरेको पुनेले ९ रनमा २ विकेट गुमाएको थियो । उस्का ओपनर राहुल त्रिपाठी शुन्य र कप्तान स्मिथ मात्र १ रन बनाएर आउट भएका थिए । त्यसपछि मनोज तिवारी र अजिंक्य राहनेले पुनेको पारी सम्हालेका थिए । दुवैले अर्धशतक बनाउने क्रममा राहनेले ५६ तथा तिवारीले ५८ रनको योगदान दिएका थिए । त्यस्तै महेन्द्र सिंह धोनीले इनिङको अन्त्यतिर आक्रमक पारी खेल्दै २६ बलमा ४० रन बनाई नटआउट रहे ।

१६३ रनको लक्ष्य सहित मैदानमा ओर्लेको मुम्बाइले राम्रो सुरुवात गरेको थियो । तर ओपनर लेन्डल सिमोन्स दुर्भाग्यपुर्ण रुपमा रन आउट भएपछि मुम्बाइको पतन सुरु भएको थियो । कप्तान रोहित शर्मा सहित किरोन पोलार्ड तथा अम्बाती रायडुले दोहोरो अंक जोड्न नसक्दा पाण्ड्या दाजु भाइले पनि कुनै कमाल देखाउन सकेनन् ।
मुम्बाइका लागि पार्थिव पटेलले सर्वाधिक ५२ रन जोड्नु बाहेक अन्यले उल्लेखनीय योगदान दिन नसक्दा २० ओभरभित्र १४२ रन मात्र बनाउन सक्यो ।
पुनेका लागि वासिङ्गटन सुन्दर र सार्दुल ठाकुरले ३–३ विकेट लिएका थिए ।
अब मुम्बाइले आज हुने इलिमेनेटर अन्तर्गत सनराइजर हैदरावाद र कोलकता नाइट राइडर्स वीचको विजेतासंग फाइनलका लागि प्रतिष्पर्धा गर्नेछ ।

आजै बंैगलोरमा हैदरावाद र कोलकतावीच प्रतिष्पर्धा हुनेछ ।