Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

ललितपुर महानगरमा काँग्रेस र एमाले वीच कडा प्रतिष्पर्धा

Wednesday, May 17, 2017 National Power

३ जेठ, ललितपुर – चार महानगरमध्ये तुलनात्मक रुपमा ‘राम्रो’ भनिएको ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा माओवादी मेयरका उम्मेदवार दिनेश महर्जन ‘दीपेश’लाई साझा पार्टीका रमेश महर्जनले उछिनेका छन् ।

ललितपुर महानरपालिकाको पछिल्लो मतगणनामा एमालेका हरिकृष्ण व्यन्जनकार अघि छन् । दिउँसो साढे एक बजेसम्मको मतगणनामा व्यन्जनकार ८ हजार १५० मत पाएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ७ हजार ९४२ मतसहित एमाले उम्मेदवारलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ३ हजार ८४७ र चौथो स्थानमा रहेका माओवादीका दिनेश महर्जनले १ हजार ९७७ मत पाएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादीको संयुक्त उम्मेदवार मदन महर्जन पाँचौ स्थानमा छन् ।