Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

ललितपुर महानगरमा काँग्रेस र एमाले वीच कडा प्रतिष्पर्धा

Wednesday, May 17, 2017 National Power

३ जेठ, ललितपुर – चार महानगरमध्ये तुलनात्मक रुपमा ‘राम्रो’ भनिएको ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा माओवादी मेयरका उम्मेदवार दिनेश महर्जन ‘दीपेश’लाई साझा पार्टीका रमेश महर्जनले उछिनेका छन् ।

ललितपुर महानरपालिकाको पछिल्लो मतगणनामा एमालेका हरिकृष्ण व्यन्जनकार अघि छन् । दिउँसो साढे एक बजेसम्मको मतगणनामा व्यन्जनकार ८ हजार १५० मत पाएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ७ हजार ९४२ मतसहित एमाले उम्मेदवारलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ३ हजार ८४७ र चौथो स्थानमा रहेका माओवादीका दिनेश महर्जनले १ हजार ९७७ मत पाएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादीको संयुक्त उम्मेदवार मदन महर्जन पाँचौ स्थानमा छन् ।