Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

काभ्रेमा फोरमको जीत

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौँ – विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काभ्रेको तेमाल गाउँपालिका ३ मा विजयी भएको छ। फोरमका उम्मेद्वार विष्णुबहादुर तामाङले तेमाल ३ को वडाध्यक्षमा जीत हात पारेका हुन्।

काभ्रे फोरम केन्द्रीय सदस्य गणेश लामाको गृह जिल्ला हो।

यस्तै, वडा नं ४ मा नेपाली काङ्ग्रेसका आशापुर तामाङ, वडा नं ५ मा नेपाली काङ्ग्रेसकै प्रबिण लामा वडा नं ६ मा नेपाली काङ्ग्रेस बिकुलाल लामा वडा नं ७ मा पनि काङ्ग्रेसका ज्ञानबहादुर तामाङ विजयी भएका छन्। वडा नं ८ मा भने माओवादीका लक्ष्मीबहादुर तामाङ विजयी भएका छन्।

गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेसको १३२१ उपप्रमुखमा १०७३ एमालेको प्रमुखमा ९४४ र उपप्रमुखमा ९७८ र माओवादीको प्रमुखमा १३४१ र उपप्रमुखमा १२१३ मत रहेको छ।