Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

६ नं प्रदेश कम्युनिष्टको किल्ला

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौं – तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचन अन्तर्गत विभिन्न जिल्लाको मत परिणाम आउने क्रम तीव्र बनेको छ । देशको समग्र परिणाममा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छ ।

तर, प्रारम्भिक नतिजाका आधारमा विश्लेषण गर्दा ६ नम्बर प्रदेशमा भने माओवादी केन्द्र पहिलो दल बन्ने संकेत देखिएको छ । यो प्रदेशमा एमाले दोस्रो र कांग्रेस तेस्रो बन्ने संकेत देखिएको छ ।

प्रदेश नम्बर ६ मा साढे ९ जिल्ला छन् । यहाँको कुल स्थानीय तह संख्या ७८ रहेको छ । यसमध्ये ३७ स्थानको मत परिणाम आइसकेको छ । यो परिणामध्ये १४ स्थानमा माओवादीले जितेको छ भने एमालेले ११ स्थानमा जितेको छ । यस्तै, कांग्रेसले १० स्थानमा जितेको छ ।

प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ६ का केही स्थानीय तहको मगणनाको अग्रता अनलाइनखबरलाई प्राप्त भएको छ । अग्रताको हिसाबले विश्लेषण गर्दा एमाले ८ स्थानमा अगाडि छ भने माओवादी ७ र कांग्रेस ६ स्थानमा अगाडि छ ।