Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जुम्लाको तिला गाउँपालिकामा ७ सय ६८ मत ल्याएर एमालेका उम्मेद्वार विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, जुम्ला – जुम्ला जिल्लाको तिला गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । १७ सय ६८ मत ल्याएर एमालेका उम्मेद्वार रतननाथ योगी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी माओवादीका जंगबहादुर बस्नेतले १७ सय ४४ मत पाए ।
यस्तै उपाध्यक्षमा भने माओवादी केन्द्रका विष्णुमाया बुढा १७ सय ७४ मतका साथ विजयी भएका छन । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा कांग्रेसले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्र अगाडि छ ।
पछिल्लो जानकारी अनुसार नगरपालिकाको प्रमुखमा उठेका कांग्रसेका कान्तिका सेजुवालले १९ सय ४१ मत पाएका छन । यस्तै एमालेका शान्तिलाल महतले ११ सय ४३ र माओवादी केन्द्रका अशोककुमार श्रेष्ठले १२ सय ३ मत ल्याएका छन ।
उपप्रमुखमा माओवादी केन्द्रकी अप्सरा न्यौपानेले ११ सय १४, कांग्रेसका जगतबहादुर खत्री ११ सय १३ र एमालेमा मेनुका रेग्मीले ९ सय ३२ मत ल्याएका छन ।