Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

फ्रान्सका नयाँ प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

Tuesday, May 16, 2017 National Power

२ जेठ,पेरिस –  फ्रान्सका नवनियुक्त प्रधानमन्त्री एदोर्द फिलिपले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।

उहाँले समाजवादी पार्टीका तर्फबाट प्रधानमन्त्री हुनुभएका बेर्नार्ड काजेनुभेलाई प्रतिस्थापन गर्नुभएको हो ।

पद हस्तान्तरण समारोह स्थानीय समयानुसार सोमबार अपराह्न दिउसो ३.५५ मा सुरु भएको थियो । बेर्नार्डले आयोजना गर्नुभएको पद हस्तान्तरण समारोहपछि शिर्ष दुई व्यक्तित्वकाबीचमा व्यक्तिगत कुराकानी पनि भएको थियो ।

यसअघि फिलिपलाई नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोँले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सन् २०१२ देखि सांसद रहनु भएका ४६ वर्षीय फिलिप यसअघि फ्रान्सको उत्तरपश्चिमी सहर ले हाभ्रेको नगरप्रमुख हुनुहुन्थ्यो ।

फिलिप्पे फ्रान्सको उत्तरी क्षेत्रमा पर्ने रुएँमा जन्मनु भएको हो । उहाँले आफ्नो राजीतिक यात्रा समाजवादी सदस्यको रुपमा विद्यार्थी कालदेखि सुरु गर्नु भएको हो । उहाँले स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

राज्यको आणविक मामिला सम्वन्धी समूहको निर्देशकका रुपमा सन् २००७ देखि २०१० सम्म काम गर्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति म्याक्रोँले आफुआवद्ध भएको भन्दा फरक पार्टीको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

फ्रान्सको राजनीतिक इतिहासमा राष्ट्रपतिले आफ्नो भन्दा फरक पार्टीको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरेको यो पहिलो पटक हो ।

आउँदो संसदीय दलको निर्वाचनमा बलियो हुनका लागि राष्ट्रपतिले अर्को पार्टीको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जनाइएको छ ।

फ्रान्सका प्रधानमन्त्रीले सरकारका अन्य मन्त्रीहरु र स्वदेशी मामिलाको नेतृत्व गर्ने व्यवस्था रहेको छ ।

उहाँ मातहतका मन्त्रीहरुको नामावली भने बुधबार घोषणा गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।