Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

पाँचखालमा काँग्रेस र पनौतीमा एमाले

Tuesday, May 16, 2017 National Power

२ जेठ, काभ्रे – मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।

यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रमेशराज गिरीले ३०८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गर्नुभयो