Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ललितपुरको वडा नम्बर ६ बाट अध्यक्ष पदमा एमाले बिजयी

Monday, May 15, 2017 National Power

१ जेठ, ललितपुर – ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ साबिक ठूला दुर्लङ गाविसबाट अध्यक्ष पदमा एमालेका रामकृष्ण आचार्य बिजयी भएका छन् ।
आचार्यले ३६१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत प्राप्त गरेका छन् । सो वडाबाट चारओटै सदस्य पनि एमालेका बिजयी भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले बताए ।गाउँपालिका प्रमुखमा भने सो वडाबाट स्वतन्त्र उम्मेदवार गणेशवहादुर केसीले अग्रता लिएका छन् । कांग्रेसका बागी उम्मेदवार केसीले ३१७ मतका साथ अग्रता लिँदा एमालेका रामचन्द्र दाहालले २५५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी कमला तामाङले ३६६ मतसहित अग्रता लिएकी छन् ।