Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा एमाले अगाडि र ललितपुरमा कांग्रेस अगाडि

Monday, May 15, 2017 National Power

शंखरापुर नगरपालिकामा एमाले अगाडि

१ जेठ, काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिकामा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । आज रातिदेखि नै मतगणना भइरहेकोमा पाँच सय भन्दा बढी मत गनिसक्दा एमालेले अग्रता लिएको हो । एमालेका मेयरका उम्मेद्वार सुवर्ण श्रेष्ठले एक सय ८७ मत पाएका छन । यस्तै माओवादी केन्द्रका मेयरका उम्मेद्वार कृष्णराज सुवेदीले १३८ तथा कांग्रेसका मेयर उम्मेद्वार शंकर तिवारीले ७१ तथा राप्रपाका मेयर उम्मेद्वार मिजेन्द्रकाजी श्रेष्ठले १८ मत पाएका छन ।

दक्षिणकाली नगरपालिकामा एमाले अगाडि

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । झण्डै दुईसय मत गणना भइसक्दा मेयरमा एमालेको १०५ र कांग्रेसको ४४ मत आएको छ । अहिले पनि मतगणना जारी छ ।

ललितपुरमा कांग्रेस अगाडि

ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । मध्यरातसम्म एमालेले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा कांग्रेस अघि देखिएको हो ।
वडा नं. १ बाट मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसको ८७, एमालेको ५५, माओवादी केन्द्रको १५ र साझा पार्टीको १६ मत आएको छ ।