Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा मतगणना सुरु,कांग्रेस अगाडि

Monday, May 15, 2017 National Power

१ जेठ, जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका तथा पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको जनाइएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
मतगणनामा नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार कान्तिका सेजुवालले १०० तथा उपप्रमुख जगतबहादुर खत्रीले ८३, नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले २७ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले २४ र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले ७२ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
जुम्ला जिल्लाका तीन गाउँपालिकाको मतपरिणामा सञ्चार सम्पर्क हुन सकेको छैन । तिला, गोठिचौर, सिंजा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।