Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

विभिन्न ठाउँको मतपेटिका संकलन गरिँदै, मतगणना आज र भोली हुने

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं – स्थानीय तहको चुनाव अन्तर्गत पहिलो चरणको चुनावको मतदान सम्पन्न भएपछि सबैैतिरको मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ ।
हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्नका लागि हेलिकप्टरको व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । यसअघि मतदान सकिएपछि आजदेखि मतगणना सुरु गर्ने बताए पनि भौगोलिक विकटताका कारण केहि ठाउँका मतपेटिका संकलनमा ढिलाइ हुने भएको छ । ढिलाईपछि ती ठाउँमा भोली बिहानदेखि मात्र मतगणना हुने आयोगले जनाएको छ ।
मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोकिने छ । आफ्नो तयारी पूरा भएपछि आज राति वा भोली बिहानबाट मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।