३१ बैशाख, काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकाबाट २ हजार ८६ वटा गाडी नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगको अनुमति नलिई चलाएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै आइतबार अनुमति लिएका गाडी मात्रै चलाउन पाइने जनाएको छ ।
यस्तै स्वदेशी तथा विदेशी पर्यटकको लागि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी इकाईले तीनवटा बेग्लाबेग्लै रुटमा सटल बस संचालन गरेको छ ।