Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डोल्पाका दुई मतदान केन्द्र सम्पर्कबिहीन, रसुवामा सञ्चार समस्यामा सुधार

Sunday, May 14, 2017 National Power

३१ वैशाख, डोल्पा /रसुवा – उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । त्यस स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यलयले जनाएको छ ।
त्यसैगरी  रसुवामा अहिलेसम्म ७५ प्रतिशत मतदान भएको छ । दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कबिहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्रमा आइतबार दिउँसो सम्पर्क भएको र त्यहाँ ७७ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए ।मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्डु मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने छ । यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् ।
जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् ।  शान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताए ।