Thursday 25th February 2021

    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ    सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने

Sunday, May 14, 2017 National Power


३१ बैशाख, काठमाडौं – स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ ।

अहिले ३४ जिल्लामा कुनै जिल्लामा घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

आज साझबाट काठमाडौं महानगरपालिकाले पनि मतगणना गर्ने बताएको छ ।

मतगणनाका लागि ११ बुँदे निर्देशन निर्वाचन आयोगले जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुने जनाइएको छ ।