Monday 1st March 2021

    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री    ‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई    ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट ग्लोबल अनलाईन पे सम्मानित

मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते

Sunday, May 14, 2017 National Power


३१ बैशाख, दोलखा – मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखा प्रहरीले जनाएको छ। घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ ।यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि जानकारी आएको छ ।