Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

मतदान केन्द्रबाट मतदान गरे :प्रधानमन्त्री पुष्पकमल

Sunday, May 14, 2017 National Power

३१ बैशाख, चितवन – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । आफूले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै मतदान गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरेका छन् ।नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको भन्दै उनले अपेक्षा गरिएको भन्दा बढी मतदान हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री पत्नी सीता दाहाल भने लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीका साथमा थिइनन् । सीता दाहालको मतदाता नामावली शान्तिनगर मतदान केन्द्रमा भएकाले शान्तिनगरबाट मतदान गरेकी छिन् । प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । रेणु भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार समेत हुन् ।

मतदान गरिसकेपछि होटलमा फर्केका प्रधानमन्त्री बिहान साढे १० वजे काठमाडौं र्फकने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

चितवन जिल्लामा कुल मतदाता तीन लाख १३ हजार २ रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।