Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

काठमाठौंसहित जिल्लाभर स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न

Saturday, May 13, 2017 National Power

३० बैशाख, काठमाडौं – काठमाठौंसहित जिल्लाभर ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी, तथा मतपेटिका सबै केन्द्रहरुमा पुगेको र सबै केन्द्रमा परिचय पत्र वितरणदेखि वुथ निर्माण र अन्य सबै आवश्यक प्राबिधिक काम सम्पन्न भएको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

भक्तपुरका ७८ स्थानमा निर्वाचन स्थल तथा एक सय ९१ मतदान केन्द्रमा हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । उता, चितवनको १ सय ६१ वटा मतदानस्थलका ३ सय ७६ केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्बाचन कार्यलय चितवनले जनाएको छ । चितवनका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउंपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्बाचन कार्यलय चितवनले जनाएको छ ।
त्यसैगरी, बाग्लुङ जिल्लाका दश स्थानीय तहका सबै मतदान स्थलहरुमा मतदाता परिचयपत्र वितरण, मतदान स्थलको व्यवस्थापन र सुरक्षा व्यवस्था मजबुद पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ ।
त्यस्तै, सल्यान जिल्लामा मतदानका लागि मतदान स्थलको ब्यवस्थापन तथा मतदानको तयारी तीव्र पारिएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।सल्यानमा ३ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २ सय ५२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । लामो समयपछि हुन लागेको निर्वाचनमा जनप्रतिनिधित्व छान्न पाउने भएपछि मतदाता पनि उत्साहित भएका छन् ।
यस्तैगरी, रामेछाप जिल्लामा २ नगरपालिका र ६ गाँउपालिका रहेको रामेछापमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्बाचन कार्यलय रामेछापले जनाएको छ । जिल्लामा भित्रिएको केही शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरमा पनि निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रमा मतदान सामग्री पु¥याईसकेको र मतदानका लागि आवश्यक पुर्वधार पुरा भएको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामा छन् ।