Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

नापी कार्यालयमा बम बिस्फोट

Friday, May 12, 2017 National Power

२९ बैशाख, राजविराज – सप्तरी सदरमुकाम राजविराज–५ स्थित नापी कार्यालयमा  शुक्रबार दिउँसो बम बिस्फोट भएको छ । दिउँसो साढे ४ बजे कार्यालयको कम्पाउण्ड भित्र रहेको ग्यारेजमा बम बिस्फोट भएको हो । बिस्फोटबाट ग्यारेज भित्र रहेको मोटरसाइकल र साइकल क्षति ग्रस्त हुनुका साथै भवनको छानो उडाएको छ । बम बिस्फोटले ग्यारेज भवनको भित्ताहरु समेत चर्किएको छ भने कार्यालय बन्द हुने समय भएका कारण सेवाग्राही नभएकाले मानवीय क्षति भने हुन पाएन । घटनाको खबर पाए लगतै पुगेको प्रहरीको टोलीले कार्यालयलाई सुरक्षा घेरामा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

बम विस्फोटको जिम्मा तराइमा सशस्त्र आन्दोलनरत अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको छ । मोर्चा संयोजक जय कृष्ण गोइतले प्रेस विज्ञप्ती जारी गर्दै नापी शाखा कार्यालय भित्र व्याप्त भ्रष्टाचारको विरुद्धमा चेतावनी स्वरुप बिस्फोट गराएको जनाएको छ ।