२९ बैशाख, गोरखा – निर्बाचनको प्रचारप्रसार गर्न नपाइने समय सुरु हुन लाग्दा गोरखामा प्रचार प्रसारको क्रममा झडप भएको छ । गए राती आठ बजेतिर सहिद लखन गाउँपालिकाको नाम्जुङमा माओवादी कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताबीच बिबादपछि झडप भएको दुवै पक्षधरले बताएका छन् ।
सामान्य घटना भएको जानकारी आए पनि विस्तृत बिबरण बुझ्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।