Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

श्रीमती कुटपिट गरेको उजुरीपछि युवकद्वारा प्रहरी हिरासतमै आत्महत्या

Friday, May 12, 2017 National Power



२९ बैशाख, प्यूठान – प्यूठानको भिंगृ इलाका प्रहरी कार्यालयमा आज बिहान एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले कपडाको पासो लगाएर हिरासतको शौचालयमा आत्महत्या गरेको प्युठान प्रहरीले जनाएको छ ।

हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव ३ बजे आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । शौचालय  गएका गिरी लामो समयसम्म नआएपछि शौचालय खोलेर हेर्दा झुण्डिरहेको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ ।  परिवारले भने गिरीले आत्महत्या गरेको अस्वीकार गरेको छ । परिवारले प्रहरीले नै हत्या गरेको दाबी गरेको छ ।

श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि बिहीबार मात्रै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।