Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

आचारसंहिता विपरीत निजी विचार सम्प्रेषण नगर्न/नगराउन आग्रह

Friday, May 12, 2017 National Power

२९ बैशाख, काठमाडौं – प्रेस काउन्सिल नेपालले कुनै दल वा उमेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत् आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको छ ।

“पत्रकार र निर्वाचन आचारसंहिताको ख्याल गर्दै आआफ्नो मिडियाबाट स्वतन्त्र भूमिका खेल्न र कुनै दल वा उमेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत् आफ्ना निजी विचारहरु सम्प्रेषण नगर्न/नगराउन हुन हामी सम्पूर्ण पत्रकार मित्रहरूमा विनम्र अनुरोध गर्दछौँ”,काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकृत दीपक खनालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय नेपालको इतिहासमा पहिलो चोटि यही वैशाख ३१ गते ३, ४ र ६ नं.प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको दिन जति नजिकिँदैछ, त्यति नै पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीतका घटनाक्रम बढ्दै गएको देखिएको काउन्सिलको भनाइ छ ।

“कतिपय पत्रकार आफ्नो पेसागत मर्यादा भुलेर सामाजिक सञ्जाल (फेसबुक आदि) मार्फत यो वा त्यो पार्टी तथा पार्टीको उम्मेद्वारको प्रचारमा लागेको, मत मागेको, लाइक वा कमेन्ट वा सेयर गरेको, मिथ्याङ्कपूर्ण सामग्री ‘अपलोड’ गरेको पाइएको छ” विज्ञप्तिमा भनिएको छ । काउन्सिलले आजराति १२ बजेदेखि सुरु हुने मौन अवधिमा सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई पत्रकार र निर्वाचन आचारसंहिता पालानामा ध्यान दिन अनुरोध गरेको छ ।