Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

देउवा, ओली र दाहाल बीच चितवनमा वाकयुद्ध हुने संकेत

Thursday, May 11, 2017 National Power

२८ बैशाख, चितवन – बैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा छोरी रेणु दाहालको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका छन ।
चितवनको भरतपुर महानगरपालिकामा दाहाल पुत्री रेणु दाहाल मेयरकी उम्मेदवार हुन भने नेपाली कांग्रेससंग तालमेल गरेर माओवादीले मेयरको उम्मेदवार उठाएको हो ।

कांग्रेस र माओवादी गठबन्धनबाट मेयर पदको उम्मेदवार दाहाल पुत्री रेणु दाहाल छिन् भने उपेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन्

एमाले अध्यक्ष ओली पनि चितवनमा

यसैबिच एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार बिहान चितवन  पुगेका छन् ।
कांग्रेस र माओवादीले आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न आफ्ना केन्द्रिय सभापति र अध्यक्षलाई चितवन बोलाएको दिन नै एमालेले पनि आफ्नो केन्द्रिय अध्यक्षलाई चितवन बोलाएको हो । आज चुनाव प्रचारप्रसारको अन्तिम दिन देशका ठुला नेताहरु आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न चितवनमा जम्मा भएका छन । एमालेकी मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनलाई तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् ।  ।