Monday 22nd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

किसानलाई झन्डै चार करोड रुपैयाँ अनुदान

Thursday, May 11, 2017 National Power

२८ बैशाख, चितवन –  चितवनमा जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै चार करोड रुपैयाँ अनुदान दिन लागिएको हो ।

जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवले जानकारी दिए ।

विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा ब्लक निर्माणका लागि चितवनमा ९५ हेक्टर क्षेत्रफल विस्तार गर्ने कार्यक्रम छ । चितवनको माडी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा यो कार्यक्रम लागू गरी माछापालनका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस्तै पाँच हेक्टरमा नर्सरी पोखरी व्यवस्थापन तथा २० हेक्टरमा माछा उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिएको यादवले जानकारी दिए ।

प्रतिहेक्टर तीन लाखका दरले अनुदान दिइने र माछाको नर्सरी व्यवस्थापनका लागि प्रतिहेक्टर रु दुई लाख थप अनुदान दिइने सो कार्यालयले जनाएको छ । यस्तै सङ्कलन केन्द्र र माछाका लागि पानी व्यवस्थापन गर्न रु २५ लाख तथा उपकरण खरिदका लागि २० लाख अनुदानका कार्यक्रम आएको मत्स्य विकास अधिकृत यादवले जानकारी दिए । ती अनुदानको रकम प्राप्त गर्नका लागि किसानलाई ५० प्रतिशत रकम लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लामा अहिले ५३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ । त्यसबाट वार्षिक दुई हजार २०० मेट्रिक टन माछा उत्सादन हुँदै आएको छ । जिल्लामा अहिले परियोजनामार्फत माछा, तरकारी र अन्न उत्पादनका लागि नयाँ कार्यक्रम आएको कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले बताए ।